स्वास्थ्य

२०५ जना नयाँमा संक्रमण, १ को मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा २०५ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै बितेको २४ घन्टामा सोको संख्यामा संक्रमित भएको जनाएको छ।

कूल १० हजार ७४७ जनाको नमूना परीक्षण गरेको जनाउँदै मन्त्रालयले सो अवधिमा ४३६ जना संक्रमणमुक्त भएको र १ जनाको निधन भएको उल्लेख गरेको छ। हाल नेपालमा ६ हजार ५०७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: १९ मंसिर २०७८ १०:१९ आइतबार

कोरोना भाइरस