स्वास्थ्य

थपिए ४९०४ जना नयाँ संक्रमित, ३५ को मृत्यु

गएको २४ घन्टामा नेपालमा थप ४ हजार ९ सय ४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कूल १९ हजार १ सय २३ जनाको नमूना परीक्षण गर्दा सोको संख्यामा कोरोना भाइरसका नयाँ संक्रमित थपिएको जनाएको छ।

मन्त्रालयले कोभिड १९ को तथ्यांक अद्यावधिक गर्दै गएको २४ घन्टामा ३५ जनाको ज्यान गएको उल्लेख गरेको छ। सोही अवधिमा २ हजार ११५ जना कोरोना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ। अहिले पनि नेपालमा ३७ हजार ३३२ जना कोरोनामा सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: २६ श्रावण २०७८ ११:३४ मंगलबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय