स्वास्थ्य

प्रधानमन्त्रीले रोके डाक्टर जागेश्वर गौतमको सरूवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा.जागेश्वर गौतमको सरूवा रोकेका छन्।  

गौतमलाई स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय अधिकारीबाट हटाउने निर्णय सोमबार गरेका थिए।  

तर प्रधानमन्त्री देउवाले मौखिक निर्देशन दिएर गौतमलाई वीरमै राख्ने निर्णय गरेका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा.गौतमलाई वीरबाट सोमबारदेखि लागु हुने गरी हटाएको थियो। उनको ठाउँमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले डा.रुद्र मरासिनीलाई ल्याउने निर्णय गरेका थिए।  

वीरका ट्रेड युनियनसहितको दबाबमा दुई महिना नबित्दै गौतमलाई हटाइएकोमा प्रधानमन्त्रीले असन्तुष्टि जनाउँदै बदर गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यलय स्रोतले बतायो।

प्रकाशित: १९ श्रावण २०७८ ०७:२९ मंगलबार

प्रधानमन्त्रीले रोके जागेश्वर गौतमको सरूवा