स्वास्थ्य

वन हर्टद्वारा ताप्लेजुङका जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग

स्वास्थ्य सामग्रीको सूची ताप्लेजुङ जिल्ला अस्पताल समन्वय समितिका प्रमुख घनेन्द्र मादेन लाइ हस्तान्तरण गर्दै वन हर्टका प्रतिनिधि। तस्बिर: खगेन्द्र/नागरिक

वन हर्ट कार्यक्रमले ताप्लेजुङका ९ स्थानीय तहसहित जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयलाई साढे १२ लाख बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ। वन हर्ट नवजात शिशु र आमाको स्वास्थ्य प्रर्वद्धन,स्वास्थ्यकर्मीहरुको क्षमता विकास र स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार तथा उपकरणमा सहयोग गर्ने दातृ निकाय हो। 

प्रदेश र १ र २ का जिल्लाहरुलाइ संयोजन गर्नेगरी महोत्तरीको बर्दिवासमा रहेको वन हर्टको कार्यालयमा कार्यरत प्रकाश पन्तका अनुसार १२ लाख ६३ हजार बढी रकम बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। उनका अनुसार फुङलिङ नगरपालिकालाई १ लाख ३८ हजार ८ सय ५३ रुपैंया बराबर,मैवाखोला गाउँपालिकालाई ८८ हजार ३ सय २ रुपैंया बराबर,पाथीभरा याङ्वरक ७९ हजार ४ सय २८,सिदिङ्वालाई ८२ हजार २ सय ५६,मिक्वाखोलालाई ६६ हजार ५ सय १७,आठराइ त्रिबेणीलाई ९० हजार ६ सय ५६ र फक्ताङ्लुङ गाउँपालिकालाई १ सय ३२ हजार २२ रुपैंया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको वन हर्टका प्रतिनिधि भूपेन्द्र सोनीले जानकारी दिए। 

यस्तै सिरिजंगा गाउँपालिकालाइ १ लाख २६ हजार ६ सय ६८,मेरिङ्देन गाउँपालिकालाई १ लाख २ हजार २ सय ५९,ताप्लेजुङ जिल्ला अस्पताललाई ३ लाख ५२ हजार ८ सय ७५ र स्वास्थ्य कार्यालय ताप्लेजुङलाई ३ हजार २ सय २१ रुपैंया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सोनीले जानकारी दिए। जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका जिल्ला अस्पताल समन्वय समितिका अध्यक्ष घनेन्द्र मादेनलाइ यो मूल्य बराबरका सामग्री हस्तान्तरण गरिएको वन हर्टले जनाएको छ। 

सर्जिकल मास्क र ग्लोब्स्,पीपीइ,एकपटक प्रयोग गरेपछि फेरी प्रयोग गर्न मिल्ने र नमिल्ने दुबै प्रकारका गाउन,फेस सिल्ड,स्यानीटाइजर,आइसोलेसन किट,टिस्यु पेपर,डिजिटल थर्मोमिटर,पारा सिटामोल र पल्स अक्सिमिटर लगायतका स्वास्थ्य सामग्री बितरण गरिएको वन हर्टका कार्यकारी निर्देशक सूर्य भट्टले जानकारी दिए।

प्रकाशित: १६ असार २०७८ ०६:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App