स्वास्थ्य

पत्रकार महासंघ धादिङद्वारा ५ बेडको आईसोलेशन तयार

पत्रकार महासंघ धादिङले स्थापना गरेको आईसोलेशन। तस्बिर: सरिता/नागरिक

कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दो छ। अग्रपंक्तिमा खटिने पत्रकारहरु नै संक्रमित हुन थालेपछि धादिङमा पत्रकारका लागि आईसोलेशन कक्षको स्थापना गरिएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले आफ्नै भवनमा पाँच बेडको आईसोलेशन स्थापना गरेको हो। आईसोलेशन स्थापनाका लागि आवश्यक सामग्री शान्ति नेपालले सहयोग गरेको छ।  

भाडामा एउटै कोठामा दुई जना वा सो भन्दा बढि बस्ने पत्रकारहरुमा कोभिड पोजिटिभ देखियो भने आइसोलेट भएर बस्न सहजकता हुने नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष राजाराम शर्माले बताए। ‘कोरोना संक्रमित पत्रकारलाई सजिलो होस् भनेर आईसोलेशन स्थापना गरेका हौँ,’ अध्यक्ष शर्माले भने, ‘सामान्य स्वास्थ्य परामर्श नीलकण्ठ नगरपालिकाको स्वास्थ्य शाखाले एक जना स्वास्थ्यकर्मी मार्फत सेवा दिंदैछ भने मनोपरामर्श सहयात्री समाजबाट हुन्छ।’  

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै सञ्चारकर्मीहरु पनि कोरोना संक्रमणको उच्च जाेखिममा रहेको भन्दै आईसोलेशन स्थापना गरिएको हो। महासंघले स्थापना गरेको आईसोलेशनमा गाह्रो अप्ठेरो भएमा नजिकै रहेको अस्थाई कोभिड १९ अस्पताल र धादिङ अस्पतालबाट सेवा दिने गरि व्यवस्था गरिएको छ। अत्यावश्यक पर्दा अक्सिजनको व्यवस्था पनि गरिएको छ। धादिङमा हाल सम्म १३ जना पत्रकारहरु कोरोना संक्रमित भएका छन्।

आईसोलेशनका लागि आवश्यक हात धुने साबुन, झुल, पानी तताउने जग, टिस्यु पेपर पत्रकार महासंघ धादिङका निवर्तमान अध्यक्ष नवराज छत्कुली र  बल्याङकेट जयराम ढुङगानाले सहयोग गर्ने बताइएको छ।

प्रकाशित: १२ जेष्ठ २०७८ ०७:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App