स्वास्थ्य

चिनियाँ कम्पनी सिनोफार्मबाट बनेको खोपलाई डब्लुएचओले दियो आपतकालीन प्रयोगको अनुमति

चिनियाँ कम्पनी सिनोफार्मबाट बनेको कोभिड १९ विरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगको अनुमति दिएको छ। डब्लुएचओले यसअघि फाइजर, एस्ट्राजेनेका, जोनसन एण्ड जोनसन र मोर्डना कम्पनीको कोभिड भ्याक्सिनलाई प्रयोगकाे अनुमति दिइसकेको छ।  

डब्लुएचओले गैर–पश्चिमी देशमा निर्मित कोभिड भ्याक्सिनलाई पहिलोपटक अनुमति दिएको हो। यो खाेप चीन र विश्वभर करोडौं मानिसहरूलाई यसअघि नै लगाइसकिएको छ।

प्रकाशित: २५ वैशाख २०७८ ०४:५६ शनिबार

चिनियाँ कम्पनी सिनोफार्म डब्लुएचओ