स्वास्थ्य

बाँकेमा २१ दिनभित्र १ सय १५ जनाको मृत्यु

बाँकेमा २१ दिनभित्र १ सय १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोना भाइरसको नयाँ भेरियन्ट सुरु भएयता बैशाख १ देखि २१ गतेभित्र मृत्यु भएका मध्ये ६९ पुरुष र ४६ जना महिला रहेका छन्।  

मृतकमध्ये बाँकेका मात्रै ८३ जना रहेको केन्द्रले जनाएको छ। बाँकेका मृतकहरुमा ४५ पुरुष र ३८ महिला छन्। केन्द्रका अनुसार बाहिरी जिल्लाका समेत गरी बैशाख १ देखि ४ गतेसम्म १÷१ जना, बैशाख ५ गते ४ जना, ६ गते २ जना, बैशाख ७ देखि ९ गतेसम्म ३÷३ जना, १० गते २ जना, ११ गते ६ जना, बैशाख १२ गते १० जना, १३ गते ५ जना, बैशाख १४ गते १० जना, १५ गते ४ जना, बैशाख १६ गते १२ जना, १७ गते ८ जना, बैशाख १८ गते ९ जना, १९ र २० गते १२÷१२ जना र २१ गते ६ जनाको मृत्यु भएको छ।  

यसैगरी बाँके घर भएका मात्र बैशाख २, ५ र ६ गते १÷१ जना, बैशाख ७ र ८ गते ३÷३ जना, बैशाख ९ गते २ जना, १० गते १ जना, बैशाख ११ गते ६ जना, १२ गते ८ जना, बैशाख १३ गते ४ जना, १४ गते ७ जना, बैशाख १५ गते ४ जना, १६ गते ९ जना, १७ र १८ गते ५÷५ जना, १९ गते ९ जना, २० गते १० र २१ गते ४ जनाको मृत्यु भएको छ।  

यस्तै बैशाख २१ गते भित्रमा ३ हजार ३ सय ६३ पुरुष र २ हजार ७ सय ७९ गरी ६ हजार १ सय ४२ जना संक्रमित भएका छन् । केन्द्रका अनुसार २ हजार १ सय ५७ पुरुष र १ हजार ७ सय ८८ महिला गरी ३ हजार ९ सय ४५ जना सक्रिय संक्रमित छन्। कोरोना संक्रमित भएर पनि २ हजार ३ सय ११ जना निको भएका छन्। यसमध्ये १ हजार २ सय ७३ पुरुष र १ हजार ३८ महिला रहेको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए।

प्रकाशित: २२ वैशाख २०७८ १४:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App