स्वास्थ्य

कोरोनाबाट खोटाङका एक युवाको मृत्यु

कोभिड–१९ को संक्रमणका कारण खोटाङका एक युवाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा सञ्चालित लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष अनिल जोशीको मृत्यु भएको हो । केही समय अघि मात्र पोखरा पुगेका जोशीको बुधबार राती मृत्यु भएको आफन्तले बताएका छन् । 

कोभिड–१९ ले संक्रमित भएपछि अध्यक्ष जोशी पोखराकै एक अस्पताल भर्ना भएका थिए । दिक्तेल निवासी जोशीलाई बिराटनगर पुगेर पोखरा जानेक्रममा कोभिड–१९ को संक्रमण भएको अनुमान गरिएको । संक्रमण भएपछि जोशीले दिक्तेलका आफन्तलाई फोनमार्फत संक्रमण भएको बारेमा जानकारी गराएका थिए ।  

व्यवसायी एवं सहकारीका अभियानकर्मी जोशीको निधनमा जिल्लाका राजनैतिक दलका नेता, जनप्रतिनिधि, सहकारी एवं शुभेच्छुकले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरिरहेका छन् ।

प्रकाशित: १६ वैशाख २०७८ ०७:५७ बिहीबार

कोभिड–१९ को संक्रमण