स्वास्थ्य

कोरोनाबाट बच्न खानुस् यी खानेकुरा

कोरोनाको दोस्रो लहर बढेसँगै मानिसमा फेरि एक किसिमको  डर र त्रास देखिएको छ। अहिलेको समयमा स्वस्थ्य रहनु नै सबैभन्दा उच्च उपाय हो। सरकारले दिएको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्नुको साथै आफ्नो जीवनशैलीमा अत्यन्त सतर्क रहनुपर्छ। खानपान तथा व्यायाममा त्यत्तिकै ध्यान दिनु आवश्यक रहेको छ।  

डब्लुएचओको अनुसार यी खानेकुराको प्रयोग र मात्राले हाम्रो जीवनशैलीमा परिवर्तन ल्याउन सके हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै कोरोना लागिहाले पनि सजिलै जित्न सकिन्छ।  

१.ताजा तरकारी तथा फलफूल

तरकारी तथा फलफूलमा विभिन्न किसिमका भिटामिन, मिनरल्स, फाइबर जस्ता तत्वहरू प्रसस्त मात्रामा पाइने गरेको हुन्छ जसले गर्दा हाम्रो शरीरमा सम्पूर्ण चाहिने तत्व पुग्ने गर्छ र हाम्रो शरिरमा स्फुर्ति राख्न र रोगसंग लड्ने क्षमता बढाउन मद्धत गर्छ। तरकारी ताजा र अर्गानिक प्रयोग आवश्यक  हुन्छ।  

२.दैनिकीमा प्रयोजन खानेकुरा  

बिहानदेखि साँझसम्मको खानामा विभिन्न थरी खानेकुराहरू समावेश गर्नुपर्ने हुन्छ। दालका परिकार, काष्ठफल, ओट्स, गहुँ, माछामासुको प्रयोग पनि दैनिकी रूपमा आवश्यक रहेको हुन्छ।  

३.पानीको प्रयोग  

दैनिक रूपमा पानीको आवश्यक छ। आठदेखि दश  गिलास पानी पिउन डब्लुएचओले बताउँछन् । पानीको प्रयोजनसँग यसमा ताजा जुस, कागती पानी  तथा ताजा पेयपर्दाथ समावेश गर्न सकिन्छ। तर , सोडा पानी, धेरै मात्रामा चिया, कफीको प्रयोग भने राम्रो मानिदैन्।  

४. नुन तथा चिनी  

नुन तथा चिनीकोको प्रयोग दैनिकी रूपमा गर्दा यी चिजको मात्रामा अत्यन्त ध्यान दिन आवश्यक रहेको हुन्छ। नियत्रण नगर्दा विभिन्न किसिमको रोग लाग्न सक्छ। सकेसम्म कम खादाँ नै शरीरलाई फाइदा हुने गर्छ।  

बोसो तथा चिल्लो पदार्थ  

हाम्रो शरीरमा केही मात्रामा बोसो तथा चिल्लो पदार्थको पनि आवश्यक हुन्छ। यी पदार्थ भने प्राकृतिक रूपमा सेवन गर्नुपर्छ र स्वस्थ्य चिल्लोले मात्र हामीलाई फाइदा पुग्ने गर्छ। बजारमा जताततै पाइने फास्टफुड भने समायोजन नगर्दा नै बेस हुन्छ। अस्वस्थ्यकर खानेकुराले हामी विभिन्न रोगहरूको सिकार बन्न सक्छौँ। आफ्नो जीवनशैलीको परिवर्तन गर्नु आवश्यक रहेको छ।  

प्रकाशित: ७ वैशाख २०७८ ०६:१० मंगलबार

कोरोनाबाट बच्न खानुस् यी खानेकुरा