स्वास्थ्य

सबैभन्दा सस्तो हामीले उत्पादन गरेकाे कोरोना खोप : सिरम

विश्वमै सबैभन्दा बढी खोप उत्पादन गर्ने भारतस्थित सिरम इन्स्टिच्युट अफ इन्डिया (एआइआई) ले केन्द्र सरकारसँग कोरोनाविरुद्ध खोप कोभिडसिल्ड वितरणका लागि सम्झौता गर्ने भएको छ। सिरमका अनुसार आफूले उत्पादन गरेका खोप सरकारलाई प्रतिडोज २५० रुपैयाँ (भारतीय) मा बिक्री गरिनेछ।  

सिरमले खोपको आपतकालीन प्रयोग गर्न सरकारसँग अनुमति मागिसकेको छ। सरकारी स्रोतका अनुसार चाँडै अनुमति दिने निर्णय हुने सम्भावना छ। सबै प्रक्रिया पूरा भएका खण्डमा जनवरीबाटै खोप लगाउन सुरु गरिनेछ।  

भारतीय कम्पनी सिरमले उत्पादन गरिरहेको कोभिडसिल्ड खोप बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनी मिलेर विकास गरेका हुन्। जुन खोपको दोस्रो तेस्रो चरणका परीक्षण भारतमा भइसकेका छन्।  

भारतीय सञ्चारमाध्यमका अनुसार सिरमका प्रमुख कार्यकारी अधिकृत अदार पुनावालाले भारतको निजी बजारमा पनि खोपको एक डोजको मूल्य एक हजार रुपैयाँ (भारतीय) पर्ने यसअघि नै जानकारी गराइसकेका छन्।

पहिलेदेखि नै भनिएको थियो कि यो खोपको प्रतिडोज मूल्य ३ डलर अर्थात् २२५ देखि २५० भारतीय रुपैयाँसम्ममा सरकारलाई उपलब्ध गराइनेछ।  

पुनावालाले यो पनि भनेका थिए कि खोप वितरणको पहिलो प्राथमिकता आफ्नै देश (भारत) लाई दिइनेछ।  

प्रकाशित: २३ मंसिर २०७७ १०:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App