स्वास्थ्य

नियमित खोर्सानी खानेलाई मृत्युको जोखिम कम : अमेरिकी अनुसन्धान

अमेरिकामा हालै गरिएको अनुसन्धानले दैनिक खोर्सानी खाने मानिस लामो समय बाँच्ने देखाएको छ।  

अमेरिकन हर्ट एसोसिएसनका अनुसार नियमित खोर्सानी सेवनले क्यान्सर र मुटुसम्बन्धी रोगबाट हुने मृत्युको जोखिम कम गर्ने देखिएको हो।

अमेरिका, इटली, चीन र इरानका ५ लाख ७० हजार मानिसमा अनुसन्धान गरिएको थियो। त्यस क्रममा खोर्सानी खाने व्यक्तिलाई अप्रत्याशित स्वास्थ्य लाभ भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

नियमित खोर्सानी खाँदा मुटु रोगबाट मृत्यु हुने जोखिम २६ प्रतिशतसम्म घटाउने अनुसन्धानकर्ताको दाबी छ। यस्तै क्यान्सरबाट हुने मृत्युको जोखिम २३ प्रतिशतसम्म कम गर्ने अध्ययनले देखाएको छ।

अनुसन्धानकर्ताका अनुसार समग्रमा खोर्सानीको नियमित सेवनले विभिन्न रोगबाट हुने मृत्युको जोखिम २५ प्रतिशतसम्म घटाउने पाइएको छ। 

प्रकाशित: २५ कार्तिक २०७७ १०:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App