स्वास्थ्य

बागमती प्रदेशसभाका उच्च अधिकारीलाई कोरोना संक्रमण

बागमती प्रदेशसभाका एक उच्च अधिकारीलाई कोरोना संक्रमण भएको छ ।  

कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि संकलन गरिएकोे उनको स्वाब परीक्षणको रिपोर्ट आज पोजेटिभ आएको उनकाे सचिवालयले जानकारी दिएको हो ।  

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले पनि त्यसको पुष्टि गरे । अहिले उनी हेटौंडास्थित आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसेका छन् ।  

कोरोना संक्रमणभए पनि उनमा सामान्य रुघाखोकीबाहेक कुनै लक्षण नदेखिएको उनका स्वकीय सचिवले जनाएका छन् । उनीसँगै मकवानपुरमा आज १६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । 

प्रकाशित: १ भाद्र २०७७ ११:२७ सोमबार

बागमती उच्च अधिकारी