स्वास्थ्य

तीन हप्ता पछि कलैया अस्पतालमा पुनःजनरल सेवा

कलैया अस्पताल ।

तीन हप्ता पछि कलैया अस्पताललाई पुनःजनरल अस्पताल बनाएर सेवा दिने कार्य शुरु गरिएको छ। जिल्ला अस्पतालको रुपमा सेवा दिई रहेको कलैया अस्पतालाई प्रदेश सरकारको निर्णयले अस्थायी कोभिड अस्पताल बनाएर कोरोना संक्रमितको उपचार गर्न शुरु गरे पछि जेठ ४ गते अन्य बिरामीहरूको उपचार सेवा दिने कार्य कलैया अस्तालबाट बन्द गरिएको थियो।

प्रदेश सरकारको निर्णयले कलैया अस्पातलले दिइरहेको इमरजेन्सी, ओपिडि, इन्डोर, प्रसूति र प्रसूति शल्यक्रिया लगाएतको सेवाहरू अवरुद्ध भएको देखेर यसको बिकल्प खोज्न माँग गदैैै विरोध शुरु भएको थियो ।

कलैया अस्पतालले जिल्ला भरिबाट आउने गरिब असहाय तथा विपन्न वर्गहरूका लागि एक मात्र उपचारको थल्लो रहेकोले यसको बिकल्प खोज्नु पर्ने माग गर्दै कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका, नेपाली काँग्रेस बारा, नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ बारा, ट्रेड युनियन बारा, जिल्लाको स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन लगाएतकाले बिरोध शुरु गरेका थिए।

बिरोध शुरु भएपछि जेठ ४ गते नै जिल्ला प्रशासन कार्यालय कलैयामा बसेको बिपत व्यवस्थापनको सर्वदलिय निर्णयले कलैया उपमहानगरपालिका ३ मा रहेको प्रादेशिक शैक्षिक तालिम केन्द्रमा अस्थायी कोरोना अस्पताल बनाएर कोरोना संक्रमितहरूको उपचार तत्कालको लागि त्यहीबाट शुरु गर्ने निर्णय गरेको थियो।

शैक्षिक तालिम केन्द्रमा अस्थायी कोरोना अस्पताल बनाउने कार्यमा कलैया उपमहानगरपालिकाले ५० वटा आईसोलेशन बेड तयार गर्ने, भवन मर्मत, बिद्युत जडान र खाने पानीको व्यवस्था गर्ने जिम्मेवारी दिएको थियो ।

कलैया उपमहानगरपालिकाले अस्थायी कोरोना अस्पतालको लागि वेड, भवनको मर्मत, बिधुत र खानेपानीको व्यवस्था गरे पछि जेठ १६ गते देखि कलैया अस्पताल उपचारर्थ रहेको ४३ जना कोरोना संक्रमितलाई शिक्षा तालिम केन्द्र को आइसोलेसनमा सारिएको थिए ।

पुनःजेनरल अस्पताल बनाएर सेवा शुचारु गराउनको लागि कलैया अस्तालमा सेनिटाइजिग गराउँदै कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादव। तस्बिर : नागरिक

कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले कलैया अस्पतालबाट दिइरहेको सेवाहरू बन्द हुँदा दैनिक सयाैं बिरामीहरूले प्रत्यक्ष रुपमै समस्यामा परेको देखेर यसको बिकल्पमा शैक्षिक तालिम केन्द्रमा कलैया उपमहानगरपालिकाको खर्चमै अस्थायी कोरोना अस्पताल सञ्चालन गराउनु परेको बताएका छन्।

कलैया अस्पताल पुनःजेनरल अस्पताल बनाएर सेवा दिने कार्य शुरु गरिएपछि नगरवासीको साथ साथै जिल्ला भरिकै १६ वटा स्थानीय तहका जनताहरूलाई उपचारमा राहत पुगेको नगर प्रमुख यादवको भनाई छ।

कलैया अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट बिरेन्द्र कुमार मण्डलले कलैया अस्पतालमा अहिले ओपिडी र प्रसुती सेवा दिन कार्य शुरु गरिएको र बाकी सेवाहरू बिस्तारै दिने बताएका छन्।

सामान्य अवस्थामा ओपडिमा दैनिक दुई सय देखि तीन सयको हाराहारीमा उपचार गर्न आउने गरेका थिए भने इमर्जेन्सीमा ७० जना भन्दा बढी बिरामीहरू आउने गरेका कलैया अस्पतालले जनाएको छ ।

आठ जना नयाँ संक्रमित थपिए

सिम्रौनगढ नगरपालिकास्थित कंकालिनी माध्यमिक विधालयको क्वारेन्टाइनमा रहेका ८ जना कोरोना संक्रमित भएको पुष्टि गरिएको छ ।

संक्रमित हुनेमा सिम्रौनगढ ६ का २३, २७ र २८ वर्षीय, वडा नम्बर ५ का २७ र ३५ वर्षीय, वडा नम्बर ७ का १९ वर्षीय, वडा नम्बर २ का ४० वर्षीय पुरुष र १२ वर्षीय बालकमा समेत रहेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन्। संक्रमितलाई अस्थायी कोरोना अस्पताल शैक्षिक तालिम केन्द्र गंगापुरमा लगिएको मिश्रले बताए।

प्रकाशित: २८ जेष्ठ २०७७ १५:१९ बुधबार

अस्पताल उपचार जनरल सेवा