स्वास्थ्य

कर्णालीमा भेटिए पहिलो पटक कोरोना संक्रमित

सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा एक युवाको कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा आशंका देखिएपछि नेपालगंजमा गरिएको थप परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । कोरोना परीक्षण गर्दा सुर्खेतमा रिपोर्ट बोर्डर नाइनमा देखिएकोमा नेपालगंजमा पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय सुर्खेतका कोरोना फोकल पर्सन ओम आर्चायले जानकारी दिएका हुन् ।  

दैलेखको आठविस नगरपालिका वडा नम्वर १ का ३५ वर्षिय यूवामा पीसीआर परीक्षण गर्दा रिपोर्ट शंकास्पद देखिएपछि थप परीक्षणमा पोजेटिभ देखिएको हो । उनी ४५ दिन भारतको आग्रामा बसेर जिल्लामा फर्किएका हुन् । उनलाई जेष्ठ १ गते उद्धार गरि आठविस नगरपालिकामा ल्याईएको थियो । उनी स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा बनाईएको क्वारेन्टिनमा बसेका छन् ।  

उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीसहित ३८ जना बस्दै आएको आठविस नगरपालिकाका १ का वडाअध्यक्ष पर्वसिंह विश्वकर्माले नागरिक न्यूज डटकमलाई जानकारी दिए । क्वारेन्टिनमा बस्ने सवै एउटै उमेर समूहका रहेको जनाइएको छ ।  

प्रकाशित: ५ जेष्ठ २०७७ १६:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App