स्वास्थ्य

कपिलवस्तु अस्पतालका ६ डाक्टरसहित ८८ जनाको रिपोर्ट नेगेटिभ

संक्रमित नर्सको परिवारको पनि रिपार्ट नेगेटिभ

कपिलवस्तु अस्पतालकी संक्रमित नर्ससंग नजिकमा रहेर काम गर्ने तौलिहवा अस्पतालमा ६ जना डाक्टर र नर्सको परिवारको नतिजा नेगेटिभ आएको छ । पहिलो लटमा ७ जनाको परीक्षण गर्न पठाइएकोमा सबैको नतिजा नेगेटिभ आएको अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डाक्टर किशोर क्षेत्रीले बताए । मेसु र डाक्टर किशोर बन्जाडे, पुर्णबहादुर घर्ती, गणेश क्षेत्री पुनम लामा, नबिन सापकोटा, मणिराज न्याैपानेको रिपार्ट नेगेटिभ आएको हो ।  

बिहीबार ७ र शुक्रबार १ सय ४ जनाको स्वाब संकलन गरी पठाइएको थियो । संक्रमित नर्सका बुवा आमासहित ६ मध्ये ५ जनाको रिपोर्ट पनि नेगेटिभ आएको डाक्टर क्षेत्रीले बताए । अस्पतालमा कार्यरत नौ जना डाक्टर मध्ये ६ जनाको रिपोर्ट आएको हो । १ सय ११ मध्ये ८८ जनको रिपोर्ट आईसकेको र २३ जनाको आउन बाँकी छ । प्रदेश जनस्वास्थय प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणले सो रिपोर्ट देखाएको हो ।  

सोमबारसम्म सबेैको रिपोर्ट आउने उनले बताए । नर्स कोरोना संक्रमित भएपछि गत शुक्रबारदेखि अस्पतालमा आकस्मिक र प्रसुति सेवा बाहेक सबै सेवाा बन्द गरिएको छ । अस्पतालमा कर्मचारीहरुको रिपोर्टका आधारमा अस्पतालको सरसफाई गरिएपछि सेवा सुरु गरिने डाक्टर क्षेत्रीले बताए । 

प्रकाशित: ४ जेष्ठ २०७७ १३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App