स्वास्थ्य

उदयपुरमा थप ८ जनाको रिपोर्ट शंकास्पद, 'क्रस चेक'का लागि धरान पठाइयो

विराटनगर- उदयपुर भुल्केको मस्जिद क्षेत्रका थप आठ जनाको कोरोना परीक्षण रिपोर्ट ‘शंकास्पद’ आएपछि क्रस चेकका लागि धरान पठाइएको छ।

प्रदेश सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार ‘उनीहरुको रिपोर्ट शंकास्पद आएको छ, क्रस चेकका लागि धरान पठाइएको हो।’ यसअघि सोही क्षेत्रका ११ भारतीय र २  नेपाली गरी १३ जनामा संक्रमण पुष्टि भइसकेको छ। उनीहरुलाई विराटनगरस्थित कोरोना उपचार केन्द्रमा भर्ना गरिएको छ। सबैको स्वास्थ्य अवस्था सामान्य छ।
मन्त्रालय स्रोतले ‘शंकास्पद’ ठहर गरेका आठै जनाको विराटनगरमा पिसिआर जाँच गरिएको थियो। ‘क्रस चेक गरेर रिपोर्ट नआएसम्म उहाँहरुलाई पोजिटिभ भन्न सकिएन’, सेतले भन्यो ‘त्यसैले रिपोर्ट कुर्दैछौं।’ 

 

प्रकाशित: ९ वैशाख २०७७ ०७:३८ मंगलबार

कोरोना_भाइरस कोभिड_१९ उदयपुर