स्वास्थ्य

डोल्पामा ८७ जना क्वारेन्टाइनमा

अस्तब्यस्त रुपमा सरस्वती मावि क्वारेन्टाइनमा बसेका नागरिकहरु ।

डोल्पा- डोल्पामा एकै दिन ८६ जनालाई क्वारेन्टाइनमा राखिएको छ। नेपालगञ्जबाट उद्वार गरेर डोल्पा ल्याएका ८६ जनालाई जिल्लाका बिभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएको हो।

बिभिन्न स्थानमा स्वास्थ्य परीक्षण गरेर डोल्पा सदरमुकाम पुगेका डोल्पाका नागरिकहरुलाई डोल्पामा पनि स्वास्थ्य परीक्षण गरि क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। उनका अनुसार कुनैपनि नागरिकमा कुनैपनि लक्षण नदेखिएपनि बाहिरी जिल्लाबाट आएकोलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बसाल्ने निर्णय अनुसार ८६ जनालाई  क्वारेन्टाइनमा राखिएको हो।

कुल ५८ जना पुरुष २८ महिला गरि ८६ जना क्वारेन्टाइनमा बसेका छन्। जिल्लाको जुफालमा १३, डाँगिवाडामा १०, माझफालमा १६, दुनैमा ३३, डोल्पोबुद्धमा १३ र त्रिपूरा सुन्दरी नगरपालिकामा २ जना आफ्नै घरमा क्वारेन्टाइनमा बसेको जिल्ला प्रशान कार्यालय डोल्पाले जनाएको छ। क्वारेन्टाइनमा राखिएका नागरिकले भने खान,बस्न,सुत्न ब्यवस्थापन राम्रो नभएको भन्दै गुनासो गरेका छन्। एकै बेडमा तीन जनासम्म सुत्नुपरेको र चिसोले रातभर सुत्न नसकेको उनिहरु बताए।

समयमा खान पाइदैन, खाना पनि मिठो दिन्न। पानी पनि छैन पातलो कपडामा सुत्न नसकेको एक युवतीले दुखेसो पोखिन्। स्थानीय सरकारले र प्रशासनले हामीलाई अपहेलना गर्यो कि ब्वस्थापन गर हैन भने घर जानदेउ घरमा आइसोलेसनमा बस्छौ नत्र भने हामी अरु रोगले मर्छौ क्वारेन्टाइनमा बसेका नागरिकले गुनासो गरे।

पानी र शौचालयको ब्यवस्था नहुदा समस्या आउने आएकोले समयमा ब्यवस्थान गरिदिन आग्रह गरेका छन्। तर यता स्थानीय सरकरले भने ब्जवस्थापनमा लागि रहेको र सकेजति गर्ने जनाएको छ। तर काईके गाँउपालिकाले भने आफ्ना ७ जना नागरिकलाई सबै ब्यवस्थापन गरेको प्रमुख प्रशासकिय अधिकृत सम्झना अधिकारीले दाबी गरिन्।
चिकित्सक प्रहरी र जनप्रतिनिधिसहित क्वारेन्टाइनमा बसेका छन्। गाउँपालिकाको औषधि खरिदमा गर्न गएका शे फोक्सुण्डो गाउँपालिकाका स्वास्थ्य इन्चार्ज रणबहादुर बुढा ठूलीभेरी नगरपालिका ५ का वडा अध्यक्ष कर्णबहादुर बुढा लगायत अन्य जनप्रतिनिधि र प्रहरी समेत क्वारेन्टाइनमा बसेको प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिए।

यसैगरि मुड्केचुला गाउँपलिकाको भोटऔलस्थित सामुदायिक स्वास्थ्य भवनमा १० शैयाको क्वारेन्टाइन स्थापना गरिएको र गाउँपालिकाबाट बाहिर गएका जो कोही भएपनि गाउँमा आउँदा अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने निर्णय भएको पनि वडाअध्यक्ष भानुभक्त बोहराले जानकारी दिए।
 

प्रकाशित: १६ चैत्र २०७६ ११:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App