स्वास्थ्य

बाँकेका शंकास्पद १३ जनाको रिपोर्ट ‘नेगेटिभ’

नेपालगन्ज- बाँकेमा कोरोना भाइरसका शंकास्पद १३ जना ब्यक्तिको रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ। जिल्लाबाट अहिलेसम्म २३ जना बिरामीको नमुना(स्वाब) परीक्षणका लागि काठमाडौं पठाइएकोमा १३ जनाको रिपोर्ट प्राप्त भइसकेको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए। अझै १० जनाको रिपोर्ट प्राप्त हुन बाँकी रहेको उनले बताए।

बाँकेबाट शनिबार पठाइएको १० वटा नमुना(स्वाब) को रिपोर्ट चैत १८ गतेसम्म आइपुग्ने कार्यालयले जनाएको छ। कार्यालयका अनुसार बाँकेबाट गत फागुन १२ गते २ वटा, चैत २ गते ३ वटा, चैत ८ गते २ वटा, चैत १३ गते ६ र चैत १५ गते १० वटा रिपोर्ट काठमाडौं पठाइएको थियो।  

 

प्रकाशित: १६ चैत्र २०७६ १०:१२ आइतबार

कोरोना_भाइरस काेभिड_१९ रिपोर्ट