स्वास्थ्य

जुम्लामा ‘थर्मल स्क्यानर’ नहुँदा सकस

जुम्ला – जिल्लाको हिमा गाउँपालिका हेल्थ डेस्क स्थापना भएको दुइ साता बित्यो। ६ स्थानमा क्वारेन्टाइन छन् । तर हेल्थ डेस्कमा ज्वरो नाप्ने ‘थर्मल स्क्यानर’ नहुँदा चेकजाँचमा समस्या भईरहेको छ। गाउँपालिका अध्यक्ष रजबहादुर शाही ‘थर्मल स्क्यानर’ खरिद गर्नका लागि धेरै ठाउँ पहल भएपनि पाउन नसकिएको बताउँछन्।

उनले भने,‘जोखिम मोलेर भएपनि अहिले स्वास्थ्यकर्मीले काखीमुनि च्यापेर ज्वरो नापचाँज गररहेका छन्। हिमा गाउँपालिका सिंजा भेग र मुगु जिल्ला जाने प्रवेशद्धारमा पर्दछ। यहाँका बासिन्दा अहिले कोरोना भाइरसको त्रासले भारतबाट धेरै जिल्लामा आउने गरेका छन्। बाहिर जिल्लाबाट आउने जोसकै व्यक्तिलाई अहिले सहजै आफ्नो घरभित्र जानदिएका छैनौँ।’ 

अध्यक्ष शाहीले थपे,‘ उनीहरुलाई पहिले क्वारेनटाइनमा राख्ने गरेका छौँ ।’ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत टोपबहादुर बुढाका अनुसार विद्यालयमा क्वारेनटाइन स्थापना गरेका भइसकेका छन्।’ अहिले भानु मावि पातरखोलामा ५ जना र राहदेव मावि मोफ्ला क्वारेनटाइनमा १९ जनालाई राखिएको छ। क्वारेनटाइनका लागि स्थानीय स्तरबाट जुटाउन सक्ने खाने, बस्ने लत्ताकपडा सवै व्यवस्थापन भइसकेकोछ  । तर ज्वरो नाप्ने थर्मल स्क्यानर’ नपाउँदा समस्या भएको हो। 

स्थानीय प्रशासन, प्रदेश सरकार, संघीय सरकार र सरोकारवाला निकायलाई थर्मल स्क्यानर’ व्यवस्थापनका लागि पहल गरिदिन हिमा गाउँपालिकाले आग्रह गरेको छ।  स्थानीय तहमा अहिले अहेव बाहेक अरु माथिल्लो दक्ष चिकित्सक नभएकाले पनि समस्या भईरहेको जनाएको छ।

पातारासी गाउँपालिका स्थित क्वारेनटाइनमा पनि ६ जना व्यक्तिलाई राखिएको छ। गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराका अनुसार उनीहरुलाई ज्वरो र खोकी छैन तर भारतको हिमाञ्चल प्रदेशबाट आएका हुनाले क्वारेनटाइनमा राखिएको हो। गाउँपालिकाको हेल्थ डेस्कमा पनि थर्मल स्क्यानर’ नभएकाले समस्या भएको गाउँपालिकाले जनाएको छ। 
यसैगरी अहिले बाहिरवाट जिल्लामा भित्रने व्यक्तिहरु धमाधम आउने भएकाले जाँच गरेर मात्रै पठाईने गरिएको छ। जुम्लामा प्रवेश हुने विन्दु नाग्ममा तीन दिनमा २ हजार ५ सय जनाको चेकजाँच गरिएको छ । स्थानीय प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले डा. धिरज गुरुङको नेतृत्वमा टोली खटाएर सम्पर्क गर्न भनिएको छ।
जुम्ला विमानस्थल र जुम्लाको प्रवेशद्धार नाग्ममा हेल्थ डेक्स स्थापना गरिएको छ, भने कर्णाली प्राविधिक शिक्षालय जुम्ला एक सय वेडको क्वारेनटाइन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय २० वेडको आइसोलेन को व्यवस्थापन गरिएको छ।

 जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल भएकाले हिमाली जिल्ला कालिकोट, मुगु, डोल्पाका विरामी यहाँ उपचार गर्न आउने गर्दछन्। अहिले कोरोना प्रभाबले साविक कर्णालीका नागरिक भारतबाट गृह जिल्लामा भित्रिने क्रम बढ्दो छ। 

प्रकाशित: १३ चैत्र २०७६ ११:२५ बिहीबार

‘थर्मल_स्क्यानर’ कोभिड_–१९ जुम्ला