स्वास्थ्य

संक्रमित युवतीसँगै यात्रा गरेका सम्भावित २ जनाको ताप्लेजुङमा खोजी

ताप्लेजुङ- फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी कोरोना संक्रमित युवतीसँगै यात्रा गरेका सम्भावित २ जनाको प्रहरीले ताप्लेजुङमा खोजी गरिरहेको स्रोतले जनाएको छ। ति युवतीसंगै नेपाल आएका मध्ये ताप्लेजुङ आएका सम्भावित २ जनाको खोजी कार्य जारी रहेको स्रोतले जानकारी दिएको छ।

यद्यपी यसका बारेमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले मुख खोलेका छैनन्। यसैबीच ताप्लेजुङ प्रहरीले दुईसाता यताका दिनदेखि बिदेशबाट आएकाहरुको सुक्ष्म तथ्याङ्क संकलन पनि गरिरहेको छ।

प्रकाशित: १२ चैत्र २०७६ ०८:१३ बुधबार

काेभिड_१९ काेराेना ताप्लेजुङ