स्वास्थ्य

डिमेन्सियाको जोखिम घटाउन व्यायाम र स्वस्थ भोजन

डिमेन्सियाको कुनै प्रभावकारी उपचार छैन । विश्वभर ५० करोड मानिस डिमेन्सियाबाट प्रभावित छन् । तर विश्व स्वास्थ्य संगठनले स्वास्थ्यमा अपनाइने विशेष हेरचाहले डिमेन्सियाको जोखिम घटाउन सकिने जनाएको छ । यस्तो जनाउँदै विश्व स्वास्थ्य संगठनले डिमेन्सियाबारे अघिल्लो साता निर्देशिका जारी गरेको छ । विश्व स्वास्थ्य संगठनको जारी गरेको यो पहिलो निर्देशिका पनि हो ।

यसमा नियमित शारीरिक व्यायाम गर्ने, सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने, अत्यन्त कम रक्सी सेवन गर्ने, रक्तचापलाई नियन्त्रणमा राखी स्वस्थ खाना खानुपर्नेलगायत नियम उल्लेख गरिएको छ । स्वस्थ शरीरका लागि खानाको प्रतिस्थापन भिटामिन बी र ईले डिमेन्सियाको जोखिम भएकाले यस्ता खाना रोक्न सुझाइएको छ । ‘जब केही मानिस भाग्यवश वंशाणुगत रूपमै डिमेन्सिया भएका हुन्छन् उनीहरू उच्च जोखिममा हुन्छन् । कति मानिस स्वस्थ जीवनशैली अपनाएर डिमेन्सियाको जोखिमबाट बच्छन्,’ डिमेन्सिया रिसर्च केन्द्रका प्राध्यापक तारा स्पायर्स जोन्सले भने ।

बेलायती डिमेन्सिया अनुसन्धान इन्स्टिच्युट कार्यक्रमकी इडनवर्गले मध्यम स्तरको भोजन अपनाउन सुझाएकी छिन् । ‘जीवनशैली परिवर्तनले कुनै समस्या आउनुअघि नै डिमेन्सियाको  जोखिम हटाउन सकिन्छ,’ उनले भनिन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा एक अर्ब नयाँ डिमेन्सियाका बिरामी प्रत्येक वर्ष देखिन्छन् र यो सन् २०५० सम्ममा तेब्बर हुनेछन् । यो रोग नै अपांगताको मुख्य कारण बनेको र वृद्ध मानिसको परनिर्भरता बढिरहेको तथा उनीहरूको हेरचाहका लागि प्रत्येक मानिस र परिवार प्रभावित बनिरहेका छन् ।

संगठनले यो रोगको उपचारमा ठूलो धनराशिसमेत खर्च हुने गरेको बताएको छ । डिमेन्सियाको जोखिम कम गर्न के गर्नुहुन्छ र के हुँदैन भन्ने विषयमा विश्व स्वास्थ्य संगठनले हाम्रो पुस्तामा ठूलो स्वास्थ्य चुनौतीको रूपमा लिएको छ । यसमा शारीरिक गतिविधि, धूमपान बन्द गर्नुपर्ने, कम मदिरा, स्वस्थ र सन्तुलित भोजन खानेजस्ता जीवनशैली अपनाउनुपर्ने औंल्याएका छन् । त्यसमा पनि मध्यम खालको, साधरण पकाएको, कम मासु र पर्याप्त ओलिभको तेल प्रयोग भएको खाना खान सुझाएको छ ।
चिकित्सकले नयाँ अर्को डिमेन्सियाबारे जसलाई कहिलेकाहीँ अल्जाइमर भनेर गलत बुझ्छन् । ‘मध्यम खालको भोजन जसको  जोर्नीलाई सक्रिय बनाउने सम्बन्ध हुन्छ,’ प्रतिवेदनले भनेको छ, ‘मध्यम खालको भोजनले सामान्य खालको अल्जाइमर रोग घटाउन सक्छ, तर गम्भीर प्रकारको भने सम्भव छैन ।’

प्रतिवेदनले तौल, उच्च रक्तचाप, मधुमेह, कोलस्टोरल, डिस्लिपाइडेमियाको व्यवस्थापन गरे डिमेन्सियाको जोखिम घट्ने बताएको छ । प्रतिवेदनले यो पनि सुझाएको छ कि सामाजिक सहभागिता र सहयोगको स्वास्थ्य राम्रो राख्न भूमिका हुन्छ । यद्यपि समामाजिक सम्बन्धको भने डिमेन्सियाको  जोखिम घटाउनेबारे बलियो प्रमाण छैन । प्रतिवेदनले प्रतिस्थापनको रूपमा प्रयोग हुने भिटामिन बी, एन्टिअक्सिडेन्ट, ओमेगा–३ र जिंकको प्रयोग गर्न नहुने चेतावनी दिएको छ । प्रतिवेदनमाथि टिप्पणी गर्दै विज्ञहरूले विश्व स्वास्थ्य संगठनले पेस गरेका सुझाव उपयुक्त भए पनि डिमेन्सियाको जोखिम घटाउने भरपर्दा आधार भने नभएको बताएका छन् ।
(एजेन्सी) 

प्रकाशित: १४ असार २०७६ ०२:५५ शनिबार

डिमेन्सिया व्यायाम स्वस्थ भोजन