स्वास्थ्य

देशभर आकस्मिक बाहेक सबै सेवा ठप्प (भिडियाे)

काठमाडौं – बुधबारबाट सरकारी चिकित्सकहरुले आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प गरेका छन् ।

वैज्ञानिक र न्यायोचित चिकित्सक समायोजन लगायत बिभिन्न माग राखि केही महिनादेखी सरकारी चिकित्सक संघले आन्दोलन गर्दै आएको थियो। आन्दोलनकै कार्यक्रम अन्तर्गत बुधबारबाट आकस्मीक बाहेक अन्य स्वास्थ्य सेवा बन्द गरेका हुन। सरकारले बुधबार नै मनाउन लागेको ‘स्वास्थ्य सेवा दिवस’ पनि बहिस्कार गरेको सरकारी चिकित्सक संघ नेपालले जनाएको छ।
 

 

प्रकाशित: १५ फाल्गुन २०७५ ०५:३८ बुधबार

सरकारी_चिकित्सक स्वास्थ्य_सेवा ठप्प