काठमाडौं । वरिष्ठ न्युरो सर्जन प्रा. डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थालाई लिएर सामाजिक सञ्जालमा फैलाइएका भ्रममा नपर्न देवकोटा परिवारले अपिल गरेको छ ।
शनिवार विहान विज्ञप्ति जारी गर्दै देवकोटा परिवारले भनेको छ, ' उहाँको स्वास्थ्यस्थिति गम्भीर र सघन उपचार चलिरहेको हुँदा विभिन्न सामाजिक सञ्जालहरुमा सम्प्रेषित खवरहरु सत्य नरहेको जानकारी गराइन्छ।'
डा.उपेन्द्रका भतिज बसन्त देवकोटाले भने, 'गम्भीर र असाध्ये रोगमा केही भन्न सकिन्न । तर हि इज क्वाइट वेटर नाउ।'
कलेजोको क्यान्सरबाट पिडित देवकोटा छ महिनासम्म बेलायतमा उपचार गरेर स्वास्थ्यमा सुधार नभएपछि वैशाखको दोस्रो साता नेपाल फर्किएका थिए । त्यसयता उनको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
अनेक अफवाह फैलाइएपछि डा.देवकोटालाई ह्वीलचेयरमा राखेर अस्पतालको तलसम्म ल्याएर देखाइएको छ । डा.उपेन्द्रका भतिज बसन्त देवकोटाले भने, 'गम्भीर र असाध्ये रोगमा केही भन्न सकिन्न । तर हि इज क्वाइट वेटर नाउ।'
हेर्नुहोस् देवकोटा परिवारले जारी गरेको विज्ञप्ति।
प्रकाशित: २६ जेष्ठ २०७५ ०३:४५ शनिबार