स्वास्थ्य

५० वर्षीया सरस्वतीको पाठेघरको सफल शल्यक्रिया

गोकर्णेश्वर नगरपालिका–३ की ५० वर्षीया सरस्वती कुँईकेलको नेपाल मेडिकल कलेजमा पाठेघरको सफल शल्यक्रिया गरिएको छ। उनी लामो समयदेखि महिनावारीमा अत्यधिक रक्तश्राव र ट्युमरको समस्याबाट पीडित थिइन्।

 उपचारका क्रममा शल्यक्रिया गर्नुपर्ने निर्णय गरिएको थियो। कलेजकी स्त्री र प्रसुति रोग विभागकी प्रमुख प्रा.डा. रिता मरहठ्ठाको नेतृत्वमा दुरबिनको माध्यमबाट शल्यक्रिया सम्पन्न भएको हो। 

मरहठ्ठाका अनुसार, भिडियो एक्सरे गर्दा कुँईकेलको पाठेघरमा ट्युमर र अत्यधिक बाक्लो भित्ता देखियो, जसकारण शल्यक्रिया आवश्यक थियो। शल्यक्रिया सफल भएपछि सरस्वतीको स्वास्थ्यमा सुधार आएको छ र उनलाई डिस्चार्ज गरिएको छ। 

प्रकाशित: २२ मंसिर २०८१ ०८:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App