स्वास्थ्य

जाजरकोटमा मनोपरामर्श शिक्षा दिंदै कर्णाली प्रतिष्ठान

भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले मनोपरामर्श र जनस्वास्थ्य शिक्षा दिन थालेको छ।

कर्णाली प्रतिष्ठानका जनस्वास्थ्य डीन प्राध्यापक डाक्टर मुनिराज क्षेत्री, जनस्वास्थ्य लेक्चर डाक्टर ओम प्रकाश काफ्ले, मनोपरामर्शकर्ता  नन्दराज आचार्य सहितको ६ जनाको टोलीले जाजरकोटमा मनोपरामर्श र जनस्वास्थ्य शिक्षा दिन थालेको हो।

जाजरकोटमा भूकम्प प्रभावितलाई सामाजिक मनोपरामर्श मार्फत सान्तोना दिन, जनस्वास्थ्य शिक्षा दिन प्रभावित क्षेत्रमा जुम्लाबाट टिम त्यहाँ पुगेर खटिएको प्रतिष्ठानका जनस्वास्थ्य डीन क्षेत्रीले बताए। उनका अनुसार टोली गाउँमा गएर, स्वास्थ्य जाँच, मनोसामाजिक परामर्श, स्वास्थ्य सामग्री वितरण गर्न थालेको हो।

कर्णाली प्रतिष्ठानका मनोसामाजिक परामर्शकर्ता नन्दराज आचार्यले भूकम्प प्रभावित क्षेत्रका व्यक्तिहरुमा मनोवल घट्ने हुँदा धेरै परामर्श गर्न आवश्यक रहेको बताए।  

प्रकाशित: २७ कार्तिक २०८० ०२:३३ सोमबार

मनोपरामर्श कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल