स्वास्थ्य

काठमाडौँ महानगर बासीलाई निःशुल्क रक्त सेवा

काठमाडौं महानगरपालिकाले महानगर बासीलाई निःशुल्क रक्त सेवा उपलब्ध गराउने भएको छ। 

सोमबार महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत महानगर बासीलाई निःशुल्क रक्त सेवा उपलब्ध गराउने जानकारी दिएका हुन्।

उनले भनेका छन्, 'आकस्मिक वा जुनसुकै रोगको उपचारमा रगतको अभाव भई कुनै पनि नगर बासीले अकालमा मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यका साथ मिति २०८०/०६/२२ मा हामीले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्त सञ्चार सेवा सबै काठमाडौँ महानगर बासीले जुनसुकै अस्पतालमा उपचारत गराउँदा निःशुल्क रुपमा रगत र रक्तत्व उपलब्ध गराउने प्रबन्ध मिलाएका छौ।'

यसका लागि काठमाडौँ महानगरवासी भएको प्रमाण खुल्ने स नागरिकता वा बसाइसराइ वा घर जग्गा कर तिरेको कागजात लिई नेपाल रेडक्रस सोसाइटी,केन्द्रीय कार्यालयमा सम्पर्क राख्नुपर्ने उनले बताएका छन्। 

प्रकाशित: २२ आश्विन २०८० १३:१० सोमबार

काठमाडौं महानगर रक्त सेवा