स्वास्थ्य

नेपाल–भारत मिलेर आयुर्वेद र योगको नेतृत्व गर्नुपर्ने

नेपाल र भारत मिलेर आयुर्वेद र योगको नेतृत्व गर्नुपर्ने उद्घोषका साथ शुक्रबारबाट राजधानीमा सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभा सुरु भएको छ। ‘सबैका लागि समग्र स्वास्थ्योपचार’भन्ने नाराका साथ सुरु भएको महासभाका वक्ताहरूले योग र आयुर्वेदको जन्मस्थानबाटै नेतृत्व हुनुपर्ने बताएका हुन्।

‘यो समय आयुर्वेदको हो, नेपाल र भारत महर्षि र योगीको तपोभूमि हो’,अखिल भारत आयुर्वेद सभाका प्रमुख देवेन्द्र तिरुगुनाले भने, ‘त्यसैले नेपाल र भारतले यसको नेतृत्व लिनुपर्छ।’ नेपाल र भारत मिलेर आयुर्वेदका क्षेत्रमा धेरै कुरा गर्न जरुरी रहेको भन्दै दुवै देशका सरकारले यसको महत्व बुझ्ने उनको विश्वास छ।

कार्यक्रमा प्रधानमत्री पुष्पकमल दाहालले आयुर्वेद क्षेत्रमा सहयोग गर्न सरकार तयार रहेको बताए। मल्लकालमै स्थापित सिंहदरबार वैधखानाको उदाहरण दिँदै उनले प्रदेशहरूमा आयुर्वेदका अस्पताल सञ्चालनमा ल्याउने सुनाए। ‘आयुर्वेद र योगको सहयोगले ‘क्लाइमेट चेन्ज र ग्लोबल वार्मिङ’ को समस्यामा पनि कमी ल्याउन सकिन्छ’, उनले भने, ‘यो सम्मेलन त्यस अर्थमा कोसेढुंगा सावित हुन्छ भन्न विश्वास लिएको छु।’

सभामा नेपाल महर्षि वैदिक फाउन्डेसनका दीपकप्रकाश बाँस्कोटाले चार उपवेदमध्येको एक आयुर्वेद स्वास्थ्यका विषयमा पूर्ण ज्ञान भएकाले यसको प्रवद्र्धनका लागि नेपालमा कार्यक्रम आयोजना गरिएको बताए।

कार्यक्रमका मुख्य आयोजकमा अन्तर्राष्ट्रिय महर्षि आयुवेद फाउन्डेसन नेदरल्यान्ड र अल इन्डिया आयुर्वेद कांग्रेस दिल्ली र अन्तर्राष्ट्रिय एकेडेमी अफ आयुर्वेद पुणे रहेका छन्। त्यस्तै नेपाल महर्षि वैदिक फाउन्डेसन र नेपाल आयुर्वेद चिकित्सक संघ स्थानीय आयोजक हुन्। महासभामा युरोप, भारत र नेपालका तीन सय विज्ञको सहभागिता रहेको छ। महासभाले आयुर्वेदलाई जनजागरणका नेपाल–भारत मिलेर आयुर्वेद र योगको नेतृत्व गर्नुपर्ने

त मिलेर आयुर्वेद र योगको नेतृत्व गर्नुपर्ने उद्घोषका साथ शुक्रबारबाट राजधानीमा सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभा सुरु भएको छ। ‘सबैका लागि समग्र स्वास्थ्योपचार’ भन्ने नाराका साथ सुरु भएको महासभाका वक्ताहरूले योग र आयुर्वेदको जन्मस्थानबाटै नेतृत्व हुनुपर्ने बताएका हुन्।

‘यो समय आयुर्वेदको हो, नेपाल र भारत महर्षि र योगीको तपोभूमि हो’,अखिल भारत आयुर्वेद सभाका प्रमुख देवेन्द्र तिरुगुनाले भने, ‘त्यसैले नेपाल र भारतले यसको नेतृत्व लिनुपर्छ।’ नेपाल र भारत मिलेर आयुर्वेदका क्षेत्रमा धेरै कुरा गर्न जरुरी रहेको भन्दै दुवै देशका सरकारले यसको महत्व बुझ्ने उनको विश्वास छ।

कार्यक्रमा प्रधानमत्री पुष्पकमल दाहालले आयुर्वेद क्षेत्रमा सहयोग गर्न सरकार तयार रहेको बताए। मल्लकालमै स्थापित सिंहदरबार वैधखानाको उदाहरण दिँदै उनले प्रदेशहरूमा आयुर्वेदका अस्पताल सञ्चालनमा ल्याउने सुनाए। ‘आयुर्वेद र योगको सहयोगले ‘क्लाइमेट चेन्ज र ग्लोबल वार्मिङ’ को समस्यामा पनि कमी ल्याउन सकिन्छ’, उनले भने, ‘यो सम्मेलन त्यस अर्थमा कोसेढुंगा सावित हुन्छ भन्न विश्वास लिएको छु।’

सभामा नेपाल महर्षि वैदिक फाउन्डेसनका दीपकप्रकाश बाँस्कोटाले चार उपवेदमध्येको एक आयुर्वेद स्वास्थ्यका विषयमा पूर्ण ज्ञान भएकाले यसको प्रवद्र्धनका लागि नेपालमा कार्यक्रम आयोजना गरिएको बताए।

कार्यक्रमका मुख्य आयोजकमा अन्तर्राष्ट्रिय महर्षि आयुवेद फाउन्डेसन नेदरल्यान्ड र अल इन्डिया आयुर्वेद कांग्रेस दिल्ली र अन्तर्राष्ट्रिय एकेडेमी अफ आयुर्वेद पुणे रहेका छन्। त्यस्तै नेपाल महर्षि वैदिक फाउन्डेसन र नेपाल आयुर्वेद चिकित्सक संघ स्थानीय आयोजक हुन्। महासभामा युरोप, भारत र नेपालका तीन सय विज्ञको सहभागिता रहेको छ। महासभाले आयुर्वेदलाई जनजागरणका रूपमा विकास गरी जीवन विज्ञानका रूपमा ग्रहण गर्न सहयोग मिल्ने विश्वास लिइएको छ। सम्मेलन आइतबारसम्म चल्ने छ।

प्रकाशित: २० फाल्गुन २०७९ ०१:४६ शनिबार