शिक्षा

प्रचण्ड गर्मीका कारण शैक्षिक संस्था ५ दिनका लागि बन्द

प्रचण्ड गर्मीका कारण पठनपाठनमा समस्या आएको भन्दै कपिलवस्तुको बाणगंगा नगरपालिकाभित्र रहेका शैक्षिक संस्थाहरु ५ दिनकालागि बन्द गरिएको छ। नगरपालिकामा बसको नगर शिक्षा शाखा, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित बसेको बैठकले जेठ २६ देखि ३० गतेसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो। 

नगर शिक्षा शाखाका प्रमुख खिम बहादुर जिसीले विज्ञप्ती निकाल्दै सो बैठकले गरेको निर्णय बारे जानकारी गराएका हुन्। यसअघि गत जेठ २४ गते पेशागत संगठनहरुले नगरपालिकालाई जानकारी नराई आफू खुसी बिदा दिएको सामाजिक सञ्जालबाट थाहा हने भएकाले त्यस प्रति नगरपालिकाले गम्भिर ध्यानाकषर्ण भएको जनाएको छ। 

शिक्षक संगठनहरुले जेठ २५ देखि ६ दिनका लागि गर्मी बिदा गरेका थिए। नगरपालिकाले निर्माण गरेको शैक्षिक क्यालेण्डरमा विद्यालयले पाउने वर्षे वा हिउँदे बिदाबाट कट्टी हुने गरि गर्मी बिदा जेष्ठ र अषाढ महिनामा ६ दिन लिन सकिने गरि तयार गरिएको उक्त विज्ञप्तीमा स्मरण गराईएको छ। 

सोहीलाई आधार मानेर यही जेठ २४ गते शिक्षकका पेशागत घटकको संयुक्त निर्णय भएको भनि सामाजिक सञ्जालमा आएकोप्रति नगरपालिकाले आपत्ति जनाएको छ। सबै सरोकारवालाको सहमतिमा आधिकारिक निर्णय गरि बिदाको निर्णय हुनुपर्नेमा सो नगरिक अधिकारभन्दा बाहिर गई पेशागत घटकको नाममा यस्ता खालका कार्य हुनु पद्धतिको बर्खिलाप हुने नगरपालिकाको ठहर छ।साथै नगरपालिकाले आगामी दिनमा यस्ता कार्य नगर्न सचेत समेतगराएको छ। प्रमुख प्रशाकीय अधिकृत टेकराज पन्थीले गर्मी बिदा दिन नगरपालिका सहमत रहे पनि नगरपालिकासँग समन्वय गरी पेशागत संगठनले आफू खुसी बिदा दिनु गलत भएको बताए। 

प्रकाशित: २६ जेष्ठ २०७९ ०५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App