शिक्षा

एभरेष्ट कलेजमा अन्तर्राष्ट्रिय स्तरको स्विमिङ पुल

विराटनगर–५ स्थित एभरेष्ट कलेजमा स्विमिङ पुलको उद्घाटन गरिएको छ। प्याब्सनका निवर्तमान केन्द्रीय अध्यक्ष एवं कलेजका संस्थापक प्रिन्सिपल टिकाराम पुरीले सोमबार एक कार्यक्रमबीच रिवन काटेर स्विमिङ पुलको उद्घाटन गरे। कलेजमा दुईवटा स्विमिङ पुल छन्। जसमध्ये  एउटा स्विमिङ पुल अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको प्रिन्सिपल पुरीले बताए। अर्को भने बच्चाहरुको अनुकूल अनुसार निर्माण गरिएको उनको भनाइ छ।

स्विमिङ पुल र अत्याधुनिक सुविधा सम्पन्न चेन्जिङ रुमलगायत गेष्ट हाउस निर्माण गर्न करिव २ करोड ५० लाख रुपैयाँ  खर्च भएको कलेजले जनाएको छ। स्विमिङ पुल बनेपछि विराटनगरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्विमिङ प्रतियोगित गर्न उपयोगी हुने प्रिन्सिपल पुरीले बताए। स्विमिङ पुलमा एकपटकमा ८ जनाले प्रतिस्पर्धा गर्न सक्ने कलेजले जनाएको छ।

कलेजमा स्विमिङ पुलबाहेक अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको बास्केट बल कोर्ट, इन्डोर कवर्ड हल र टबल मैदान पनि रहेको छ।

प्रकाशित: १४ चैत्र २०७८ १३:४३ सोमबार