यस वर्षको ‘क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार’ साहित्यकार सरुभक्तलाई प्रदान गरिने भएको छ। गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापना भएको २५ हजार रूपैयाँ राशिको पुरस्कार आगामी चैत ३० गते कवि अधिकारीको स्मृति दिवसमा प्रदान गर्ने निर्णय भएको मञ्चका अध्यक्ष आकाश अधिकारीले बताए।
प्रकाशित: २० चैत्र २०८१ १०:२१ बुधबार