शिक्षा

जानकीमा छात्रा विद्यालय स्थापना

जानकी गाउँपालिकाले पहिलोपटक छात्राहरूका लागि छुट्टै विद्यालय निर्माण गरेको छ। वडा नम्बर ३ मानपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई छात्रा विद्यालयका रूपमा निर्माण गरेको हो।

 उक्त विद्यालयको नामसमेत परिवर्तन भएको छ। नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालय बनाइएको छ। पालिकाका छात्राहरूलाई विद्यालयको मूल प्रवाहमा ल्याउन छुट्टै छात्रा विद्यालय निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताए।

जानकी गाउँपालिकाले पहिलोपटक छात्राहरूका लागि छुट्टै विद्यालय निर्माण गरेको छ। वडा नम्बर ३ मानपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई छात्रा विद्यालयका रूपमा निर्माण गरेको हो।

जानकीमा शतप्रतिशत छात्रा विद्यालयको पहुँचमा छैनन्। विद्यालयभन्दा बाहिर रहेका छात्राहरूलाई आकर्षित गर्न यसले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। जानकीको हिउँदे अधिवेशनबाट नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालय बनाउने निर्णय भएको थियो।

गत शैक्षिक सत्रमा यस विद्यालयमा २ सय ८१ जना विद्यार्थी थिए। जसमध्ये धेरै प्रतिशत छात्रा छन्। यहाँ पढ्ने छात्र भने अब भर्ना हुन पाउनेछैनन्। जानकीको शिक्षालाई थप व्यवस्थित र छात्राहरूलाई सहज ढंगले शिक्षा दिन छात्रा विद्यालय स्थापना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जनाए।

जानकीमा शतप्रतिशत छात्रा विद्यालयको पहुँचमा छैनन्। विद्यालयभन्दा बाहिर रहेका छात्राहरूलाई आकर्षित गर्न यसले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

‘छात्राहरूलाई आकर्षित गर्न नयाँ शैक्षिक सत्रदेखि नयाँनयाँ कार्यक्रमहरू पनि ल्याएका छौं,’ उनले भने, ‘यसले जानकीको शिक्षालाई थप टेवा पुर्‍याउनेछ।’

उनका अनुसार यहाँ अध्ययन गर्ने छात्राहरूलाई विद्यालय पोसाक र शैक्षिक सामग्रीसमेत निःशुल्क व्यवस्था गरिएको छ। ‘विद्यालयमा आउने छात्राहरूलाई निःशुल्क यातायात सेवा पनि छ,’ उनले भने।

यसभन्दा पहिला उक्त विद्यालय कक्षा ५ सम्म मात्र थियो। यस शैक्षिकसत्रदेखि कक्षा ६ सम्म पढाइने प्रमुख प्रशासकीय अधिकृत डाँगीले जनाए।

यसलाई थप व्यवस्थित र कक्षा थप गर्दै माध्यमिक तहसम्म पुर्‍याइने जानकी गाउँपालिकाअन्तर्गतको शिक्षा, युवा तथा खेलकुद शाखाकी शिक्षा अधिकृत कृष्णाकुमारी भण्डारीले बताइन्। 

प्रकाशित: १० वैशाख २०८० ००:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App