शिक्षा

उदयपुरमा क्रान्तिकारी १, अनेरास्ववियु २

आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन चुनावमा जिल्लाको जेठो शिक्षण संस्था त्रियुगा जनता बहुमुखी क्याम्पस  मोतिगडामा माओवादीनिकट अखिल क्रान्तिकारीको विजयी भएको छ। क्रान्तिकारीबाट सभापतिमा सरोज कार्की र कोषाध्यक्षमा डोमा राई विजयी भएका हुन्।  

२ हजार १ सय ३१ मतदाता रहेको क्याम्पसमा ४९.९२ पतिशत अर्थात १ हजार ६४ मत खसेको थियो। क्याम्पस स्ववियु चु्नाव संयोजन समितिले जनाएको छ। राति १०ः०० बजेदेखि सुरु भएको मतगणनाको परिणाम विहान मात्र सार्वजनिक भएको हो। त्रियुग स्ववियुमा नेविसंघ र एकीकृत समाजबादीको गठबन्धन, एमाले अखिल तथा माओबादी र बिप्लब नेतृत्वको नेकपालगायत क्रान्तिकारी धारको गठबन्धनको प्रतिस्पर्धा थियो।  

गठबन्धनमा रतन पोखरेल, अखिलबाट अभिशेक राई क्रान्तिकारी धारबाट सरोज कार्की प्यानलले चुनावी प्रतिस्पर्धा गरेका थिए। क्रान्तिकारीबाट सचिव उम्मेदवार रञ्जना मगर पराजित भएकी छिन् भने ३ सदस्य जितेका छन्।  

उदयपुरकै अन्य २ क्याम्पसमा भने एमाले अनेरास्ववियु सभापति हात पारेको छ। सदरमुकामकै बरुवा क्याम्पस र चौदण्डीगढी नगरपालिकास्थित नारद आदर्श शिक्षा क्याम्पसमा एमाले अनेरास्ववियुले जितेको छ। ५ सय ५२ मध्ये ३ सय २४ मत खसेको बरुवामा अखिलका शारद खड्का जितेका छन् भने १ सय ६५ मत खसेको नारद आदर्शमा केबल तामाङ सभापति जितेका छन्। बरुवामा नेविसंघ र क्रान्तिकारीबाट अजित पराजुली र भेषमणि खड्का सभापतिका उम्मेदवार थिए।  

प्रकाशित: ६ चैत्र २०७९ ०८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App