अर्थ

‘सुजुकी पर्वोत्सव’ योजना सुरु

सुजुकीको ‘पर्वोत्सव’ ग्राहक योजना सुरु भएको छ। नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आगमी दशैं तिहारका लागि उक्त योजना ल्याएको हो।

योजना अन्तर्गत ग्राहकले दुई लाख रूपैयाँ बराबरको नगद छुट, १ वर्षको सवारी बिमा र स्क्य्र्राच कार्ड मार्फत एक लाख पचास हजार रूपैयाँसम्म अतिरिक्त छुट पाउने भएका छन्।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूमहरूमा सीमित अवधिका लागि लागु हुने कम्पनीले जनाएको छ।  

प्रकाशित: ४ आश्विन २०७९ ०२:३८ मंगलबार

सुजुकी