अर्थ

सुनको मूल्य तोलामा ६ सयले बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवासायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो।

मूल्य बढेसँगै आज छापावाल सुन ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुनको मूल्य ९३ हजार थियो।

त्यस्तै आज तेजावी सुन ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजावी सुनको मूल्य ९२ हजार ५ सय थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले वृद्धि भएको छ। आज चाँदी १ हजार ११० रुपैयाँमा कारोबार भइरहेको छ।  

प्रकाशित: १९ भाद्र २०७९ ०५:५३ आइतबार

नेपाल सुन चाँदी व्यवासायी महासंघ