अर्थ

ललितपुरको टौखेलमा एभरेष्ट बैंकको ११८औं शाखा

एभरेष्ट बैंकले ललितपुरको टौखेलमा आफ्नो ११८ औं शाखाको उद्घाटन गरेको छ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले टौखेल शाखाको संयुक्त रूपमा उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले टौखेलका बासिन्दाहरूलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन्।

बैंकमा हालसम्म करिब १२ लाख ग्राहकहरू रहेका छन् भने ११८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरू, १५२ एटिएम लगायत बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। 

प्रकाशित: ३० श्रावण २०७९ ०३:०३ सोमबार

ललितपुरको टौखेल एभरेष्ट बैंकको ११८ औं शाखा