अर्थ

कामना बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाल नियुक्त

कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा विनय दाहाल नियुक्त भएका छन्।

बैंकिङ क्षेत्रमा करिब ३ दशक लामो कार्य अनुभव हासिल गरेका दाहाल विगत ५ वर्षदेखि एनएमबी बैंकको उच्च तहमा रही काम गरिरहेका थिए। उनले पछिल्लो २ वर्षदेखि सो बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गरिसकेका छन्। उनले एनआईसी एसिया बैंक तथा नबिल बैंकसँग आबद्ध भएर पनि काम गरिसकेका छन्।

बैंकिङ क्षेत्रमा लामो अनुभव सँगालेका दाहालले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको भूमिका सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पुर्‍याउने बैंकले विश्वास लिएको छ।

प्रकाशित: २ श्रावण २०७९ ०३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App