अर्थ

काठमाडौं उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा

सिटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७५औं, १७६औं तथा १७७औं शाखा काठमाडौंको ठूलो भर्‍याङ, थली र बुढानीलकण्ठमा गरी थप ३ वटा शाखा सञ्चालनमा ल्याएको छ। यससँगै काठमाडौंका उपत्यकाभित्र बैंकको ३२ वटा शाखाहरू सञ्चालनमा रहेका छन्।

यस शाखाहरूमार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरूमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको जनाएको छ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।

ग्राहकको वित्तीय आवश्यकता सरल र सहज तवरले प्रवाह होस् भन्ने अभिप्रायका साथ बैंकले हालसालै काठमाडौंको नारायण गोपालचोक शाखा, नवलपरासीको अमरापुरी शाखा, रूपन्देहीको बाँसगढी शाखा र हुम्ला जिल्लाको सिमिकोट शाखा गरी ४ वटा शाखा स्थानान्तरण गर्ने कार्य समेत सम्पन्न गरिसकेको जनाएको छ।

प्रकाशित: २० असार २०७९ ०१:३९ सोमबार

सिटिजन्स बैंक ३ वटा शाखा सञ्चालन