अर्थ

महालक्ष्मी बैंकको क्रमिक बचत खाता सार्वजनिक

महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ मुद्दती योजना महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक गरेको छ। बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त बचत खाता सार्वजनिक गरेको हो।

यस योजनाअन्तर्गत खाता खोलेका ग्राहकहरूले ५ वर्षसम्म जुनसुकै समयमा खातामा रकम जम्मा गर्न सक्नेछन् भने १ हजार रूपैयाँमा मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी क्रमिक बचत खाता’ मा दैनिक मौज्दातमा १२ प्रतिशत व्याज गणना गरी उक्त व्याज त्रैमासिक रूपमा सावाँमा गाभी एकमुष्ट रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ। देशैभर छरिएर रहेका १ सय ३ शाखाहरू मार्फत यो खाता खोल्न सकिने बैंकले जनाएको छ।

प्रकाशित: २६ जेष्ठ २०७९ ०५:१७ बिहीबार

महालक्ष्मी बैंक क्रमिक बचत खाता सार्वजनिक