अर्थ

टाटाको शोरुम ललितपुर सातदोबाटोमा

भारतको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी टाटा मोटर्सले ललितपुर सातदोबाटोमा शोरुम खोलेको छ। नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी टेडिङसँगको सहकार्यमा शोरुम खोलिएको हो।

टाटा मोटर्स र सिप्रदीको प्रतिबद्घता अनुुसार आफ्नो सञ्जाल नेपालभर फैलाउने क्रममा यो शोरुम खोलिएको हो। यो कार शोरूममा टाटा मोटर्सका नयाँ बिएस ६ का सम्पूर्ण गाडीहरू उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुनेछ।

प्रकाशित: १० जेष्ठ २०७९ ०५:२३ मंगलबार