अर्थ

वैशाख १ गते १७ औं फेवा नव वर्ष सडक महोत्सव हुने

फाइल तस्बिर।

कोरोना महामारीबाट सिथिल बनेको पर्यटन प्रवर्धन गर्न वैशाख १ गते १७ औं फेवा नव वर्ष सडक महोत्सव हुने भएको छ।

नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्धन गर्ने उद्देश्यले ‘पर्यटन, संस्कृति र खाना’ भन्ने नाराका साथ चैत ३० गतेदेखि बैशाख १ गतेसम्म १७ औं फेवा नव वर्ष सडक महोत्सव हुने भएको हो।

कोरोना महामारीको कारण दुई वर्ष रोकिएको सडक महोत्सव पोखराको पर्यटन पुनत्र्थानको लागि सडक महोत्सन.व गर्न लागेको होटल संघ पोखराका अध्यक्ष तथा महोत्सवका संयोजक लक्ष्मण सुवेदीले बताए।

उनले पछिल्लो समय नेपाली नयाँ वर्ष पनि उत्साहका साथ मनाउन थालिएकाले पोखरा सडक महोत्सवमा १ लाख भन्दा बढी आन्तरिक पर्यटन आउने अनुमान रहेको बताए। संयोजक सुवेदीले महोत्सवमा ३५ लाख खर्च हुने बताए।

त्यस्तै, होटल संघ नेपालमा वरिष्ठ उपाध्यक्ष विनायक शाहले कोरोना महामारीको कारण शिथिल बनेको पर्यटन प्रवर्धन गर्न सरकारले बजेट मार्फत केही नीति ल्याए पनि कार्यान्वयन नगरेको बताए।

सरकारले नीति ल्याउने तर काम नगर्ने भएकाले पर्यटन व्यवसायीहरु आफै पोखराको पर्यटन प्रवर्धन गर्न पोखरा सडक महोत्सव गर्न लागिएको शाहले बताए। उनले पछिल्लो समय नेपालमा भारत लगायत अन्य देशका पर्यटन बढ्दै गएको बताए।

महोत्सवमा विभिन्न प्रकारका खानाका परिकार, विभिन्न सांस्कति झाँकी प्रस्तुति, ख्याती प्राप्त कलाकार  प्रस्तुति र हास्यव्यग्य समेत हुनेछ।

प्रकाशित: २४ चैत्र २०७८ ०७:०१ बिहीबार

कोरोना महामारी पर्यटन प्रवर्धन नव वर्ष सडक महोत्सव पर्यटन संस्कृति र खाना