अर्थ

सहकारीका कर्मचारीलाई क्षमता विकास तालिम

ओशिन बचत तथा ऋण सहकारी संस्थाले कर्मचारीहरुको लागि एकदिवसिय क्षमता विकास तालिम सम्पन्न गरेको छ।

शनिबार भएको उक्त कार्यक्रम ओशिन सहकारीको आयोजना र इनोभेटिभ सोलुसन एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा संचालन गरिएको थियो।

सहकारीले कर्मचारीहरुमा व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्न, सहकारीमा सुशासन कायम गर्नुका साथै कार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाका व्यवस्थापक नविन पौडेलले बताए।

संस्थाले आगामी दिनहरुमा संस्थामा आवद्ध कर्मचारीहरुको क्षमता विकास र प्रर्वद्धनका लागि यस्ता विभिन्न खाले तालिमहरु आयोजना गर्दै जाने बताइएको छ। कार्यक्रममा तालिम व्यवस्थापकसहित १७ जना कर्मचारीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ। 

प्रकाशित: १३ चैत्र २०७८ ०८:४९ आइतबार