अर्थ

सिटिजन्स बैंकको ई–केवाइसी सेवा सुरु

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ई–केवाइसी सेवा सञ्चालनमा  ल्याएको छ। यो सेवा उपयोग गर्न बैंकको वेबसाइट र मोबाइल बैंकिङ एपमा उपलब्ध गराइएको लिंकमा गएर ग्राहकले आफ्नो खाताको केवाइसी विवरण अपडेट गर्नसक्ने बैंकले जनाएको छ।

बैंकले यसअघि नै कियोस्क सेवाको सुरुवात गरेको छ। कियोस्कमार्फत प्रारम्भिक रूपमा ग्राहकले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्ने, एटिएम तथा बैंकका शाखाको विवरण प्राप्त गर्ने जस्ता सेवा बैंकका कर्मचारीको सहयोगबिनै प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: ६ चैत्र २०७८ ०४:११ आइतबार

सिटिजन्स बैँक ई–केवाइसी सेवा सुरु क्लियरिङ चेक डिपोजिट