अर्थ

फुजिमा आएलद्वारा स्तन क्यान्सरको परीक्षण

फुजिमा आएल प्रालिले महिलाहरूमा हुने स्तन क्यान्सरको निःशुल्क परीक्षण गराइरहेको छ। कम्पनीले अन्तर्राट्रिय नारी दिवसको अवसरमा स्तन क्यान्सरको निःशुल्क परीक्षण गराउन आफ्नो उत्पादन कन्ट्रोल लुब्रिकेन्ट्समा प्रतिलिटर एक रूपैयाँ छुट्याएको जनाएको छ।

कम्पनीले विराटनगरको विराट अस्पतालमा ५० जना महिलाको निःशुल्क स्तन क्यान्सर परीक्षण गराएर यस अभियानको सुरुवात गरेको हो।

ग्लोबल क्यान्सर अब्जरभेटरी सन् २०२० को तथ्यांकअनुसार नेपालमा ९.६० प्रतिशत महिलामा क्यान्सर रोग पाइएको छ। जनगणना २०७८ अनुसार कुल जनसंख्थाको ५१.५ प्रतिशत महिलाको संख्या रहेको छ। जुन १ करोड ३६ लाख ४४ हजार ६ सय ६९ हुन आउँछ। त्यसमध्ये ९.६० प्रतिशत महिलामा स्तन क्यान्सर रहेको एक अध्ययनले देखाएको छ। क्यान्सरको यस भयावह अवस्थालाई रोक्न कम्पनीले सो अभियान सुरु गरेको जनाएको छ।

प्रकाशित: २५ फाल्गुन २०७८ ०१:४४ बुधबार

निःशुल्क परीक्षण फुजिमा आएल प्रालि स्तन क्यान्सरको परीक्षण