अर्थ

स्कोडाको नयाँ सोरुम पोखरामा

स्कोडा नेपालले पोखराको नयाँ बजारमा सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ। युरोपियन लिडिङ ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले हालै पोखरामा स्कोडा कार र एसयुभीको विक्रीवितरणका लागि एसएसएल मोटर्सलाई डिलर नियुक्त गरेको हो।

एमएडब्लुले सन् २००८ देखि स्कोडा कारलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। देशभर स्कोडा कारको उपलब्धता सहज बनाउन डिलर डेभलपमेन्टलाई प्राथमिकतामा राखेर काम गर्दै आएको एमएडब्लुले पोखरामा युरोपियन मापदण्डको नयाँ सोरुम स्थापना गरेको जनाएको छ।

नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुव थापा र स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले उक्त सोरुम र वर्कसपको उद्घाटन गरेका छन्।

प्रकाशित: २५ फाल्गुन २०७८ ०१:३२ बुधबार

स्कोडाको नयाँ सोरुम एसएसएल मोटर्स सोरुम र वर्कसपको उद्घाटन