अर्थ

सुनचाँदी महासंघ अध्यक्ष शाक्य चेम्बरको सदस्यमा मनोनीत

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको रूपमा रहेको नेपाल चेम्बर अफ कमर्सको कार्य समिति सदस्यमा मनोनीत भएका छन्। 

चेम्बरको आठौं बैठकले शाक्यलाई चेम्बरको वस्तुगत संघको तर्फबाट सदस्यमा मनोनीत गरेको हो। चेम्बर अध्यक्ष राजेन्द्र मल्लले चेम्बरको विधान अनुरूप शाक्यलाई सदस्यमा मनोनीत गरेको बताए। चेम्बरले कार्यसमितिका मनोनीत गरेकोमा अध्यक्ष शाक्यले खुसी व्यक्त गरे।

उनले आफ्नो तर्फबाट चेम्बरको उद्देश्य पूर्तिका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। चेम्बर मुलुकको सबैभन्दा पुरानो निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था हो। 

प्रकाशित: २० फाल्गुन २०७८ ०४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App