अर्थ

सामसङको नयाँ रेफ्रिजेरेटर बजारमा

सामसङले कम्प्याक्ट मोडर्न किचनको लागि डिजाइन गरिएको थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटरको नयाँ मोडेल बजारमा आएको छ।

सामसङको ठूलो रेफ्रिजेरेटरको आपूर्तिसमेत गर्दै आएको कम्पनीले फ्रेन्च डोर रेफ्रिजेरेटरमा एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने सुविधा रहेको जनाएको छ।

आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा ढोका नखोली रेफ्रिजेरेटरको चिसो तापक्रमलाई कायमै राखेर चिसो पानी निकाल्न मिल्ने गरी वाटर डिस्पेन्सरको सुविधा पनि राखिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

यो रेफ्रिजेरेटर वाटर डिस्पेन्सरसहित पाँच सय ७९ लिटरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। फलफूल र सागसब्जी राख्नका लागि यसमा २१.७ लिटर क्षमताको क्रिसस्पर र दुई लिटर क्षमताको डोरबिन छ। नयाँ प्रविधि जडित रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी रहेको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार ५ सय ७९ लिटरको फ्रेन्च डोर रेफ्रिजेरेटरको मूल्य २ लाख ९९ हजार ९ सय ९० तोकिएको छ।

प्रकाशित: १६ फाल्गुन २०७८ ०२:०५ सोमबार

सामसङ