अर्थ

तोकिएको समयभित्रै मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा भित्र्याउछाैं: खानेपानीमन्त्री चौधरी

खानेपानीमन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा भित्र्याउन सरकार प्रतिवद्ध रहेको बताएका छन्। मन्त्री चौधरीले तोकिएको अवधिभित्रै काठमाडौंबासीलाई उपलब्ध गराउने गरी सो खानेपानी आयोजनाको काममा तीब्रता दिइएको दावी समेत गरे। 

नेपाल खानेपानी संस्थानको ३३ औं वार्षिकोत्सवको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बाढि र पहिरोको कारण क्षति पुगेको मेलम्ची खानेपानी आवश्यक व्यवस्था मिलाएर काठमाडौंबासीलाई उपलब्ध गराउन राष्ट्रको नाममै सम्बोधन गरेको स्मरण गराउँदै सो खानेपानीको व्यवस्थापनमा ढिलाई नहुने दोहोर्‍याए।

मन्त्री चौंधरीले खानेपानी महशुल निर्धारण आयोग केही दिन भित्रै गठन गर्ने घोषणा समेत गरे। केही वर्षदेखि सो आयोग रिक्त रहेको उल्लेख गर्दै उनले त्यसलाई पूर्णता दिन सरकारले प्रक्रिया अघि बढाईसकेको बताए। मन्त्री चौधरीले सो आयोग अन्तरगत रहेर सरकारले आम नागरिकलाई अझै सर्वशुलभ ढंगले खानेपानीको व्यवस्था गर्न लागेको पनि बताए।

मन्त्री चौधरीले ‘एक घर, एक घारा’ कार्यक्रमको सेवा विस्तार गर्न पनि सम्बन्धित निकायलाई सचेत गराए। हाल सो सेवा देशका विभिन्न २३ वटा सहरहरुमा संचालनमा आएको छ। त्यसलाई देशभर विस्तार गर्न मन्त्री चौधरीले नेपाल खानेपानी संस्थान, खानेपानी विभागलाई निर्देशन दिए। 

प्रकाशित: १५ फाल्गुन २०७८ ०८:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App