अर्थ

बर्दियाको ओराली बजारमा सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दिया जिल्लाको मधुवन नगरपालिका, ओराली बजारमा ९३औं शाखारहित सेवा सुरु गरेको छ। स्थानीय व्यवसायी चित्रबहादुर वलीलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरी सेवा सुरु गरेको बैंकले जनाएको छ।

उक्त एकाइबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोन र उपयोगी सेवाको बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध गराइने बैंकको विज्ञप्तिमा उल्लेख छ। 

यो बैंकले १७४ शाखा, १२३ एटिएम र ९३ शाखारहित एकाइबाट १३ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ।

प्रकाशित: ४ फाल्गुन २०७८ ०२:०० बुधबार

सिटिजन्स बैंक