अर्थ

सुजुकीको ‘वर्कसप अन ह्विल अभियान’

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले ग्राहकको घरदैलोमै गाडी मर्मत गर्न वर्कसप अन ह्विल अभियान सुरु गरेको छ। यस अभियानबाट सुजुकीका ग्राहकले आफ्नै घर दैलोमा सवारी मर्मत गराउन सक्नेछन्।

कम्पनीको अनुसार वर्कसप अन ह्विलमा सबै आधुनिक प्रविधि र उपकरण राखिएका छन् जसले सामान्य सर्भिस, मर्मत तथा अरू गाडीसम्बन्धी कार्य गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। हाल यो सेवा काठमाडौं, पोखरा, भैरहवा र नारायणघाटमा उपलध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: २७ माघ २०७८ ०१:०५ बिहीबार

आधिकारिक विक्रेता सुजुकी कार वर्कसप अन ह्विल अभियान