मिदास टेक्नोलोजीको हेल्थकेयर एप ‘मेरो डाक्टर’ स्थापना भएको ८ महिनाको अवधिमा एक लाखभन्दा बढी डाउनलोड भएको छ। साथै सो एपमार्फत ३५ हजारभन्दा बढी बिरामीलाई सेवा पुगेको छ।
मेरो डाक्टरमा सूचीबद्ध अस्पतालहरूबाट तीन महिनाको अन्तरालमा १० हजारभन्दा बढी अस्पतालको ओपिडी टिकट बिरामीले घरबाटै भुक्तानी गरी आस्पतालका सेवा लिन सफल भएका छन्। यसरी घरबाटै अस्पतालको ओपिडी टिकट लिँदा लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत भएको छ।
प्रकाशित: २६ माघ २०७८ ०१:२० बुधबार